कोरोना महामारीकाबीच काठमाडौँमा मनाइयो गाईजात्रा (भिडियोसहित) « Khabarhub

कोरोना महामारीकाबीच काठमाडौँमा मनाइयो गाईजात्रा (भिडियोसहित)


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका लगायत मुलुकभरका नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिँगारेर गाईजात्रा पर्व मनाएका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको भए पनि जात्रामा नियम पालना भएको थिएन् ।

सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा गाईलाई नगर परिक्रममा गरिँदै । तस्वीर : रासस

यसैबीच  कीर्तिपुरको पाँगामा पनि परमपरागत रुपमा जाईजात्रा पर्व आज मनाइएको छ । अरू ठाउँमाभन्दा भिन्न तरिकाले गाइजात्रा मनाउने चलन रहेको छ ।

परम्परा अनुसार गाईजात्रामा जानेहरू सबै एकै घरबाट समूह बनाएर निक्लिने गर्दछन् । यसवर्ष दिवङ्गत भएकाहरूको घरबाट एकजना परम्परागत लुगा लगाएर र गाई बनेर निस्किने गर्दछन् ।

गाई जात्रामा मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गर्छन् । तस्वीर : रासस
ललितपुरस्थित कृष्ण मन्दिर परिसरमा कृष्ण, रूक्मणी, सत्यभामा, बलभको प्रदर्शनी गरिँदै । हरेक वर्ष जाईजात्राको दिन कृष्ण मन्दिरबाट निकालेर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । तस्वीर- रासस ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा सोमबार नेवार समुदायले निकालेको लाखेनाच । लाखे नेवार समुदायको इतिहास र सामाजिक परम्परासँग जोडिएको पर्व हो । तस्विर- रासस

हेरौँ भिडियो

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ०२ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,