कोरोना महामारीकाबीच काठमाडौँमा मनाइयो गाईजात्रा (भिडियोसहित) « Khabarhub

कोरोना महामारीकाबीच काठमाडौँमा मनाइयो गाईजात्रा (भिडियोसहित)


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका लगायत मुलुकभरका नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिँगारेर गाईजात्रा पर्व मनाएका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको भए पनि जात्रामा नियम पालना भएको थिएन् ।

सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा गाईलाई नगर परिक्रममा गरिँदै । तस्वीर : रासस

यसैबीच  कीर्तिपुरको पाँगामा पनि परमपरागत रुपमा जाईजात्रा पर्व आज मनाइएको छ । अरू ठाउँमाभन्दा भिन्न तरिकाले गाइजात्रा मनाउने चलन रहेको छ ।

परम्परा अनुसार गाईजात्रामा जानेहरू सबै एकै घरबाट समूह बनाएर निक्लिने गर्दछन् । यसवर्ष दिवङ्गत भएकाहरूको घरबाट एकजना परम्परागत लुगा लगाएर र गाई बनेर निस्किने गर्दछन् ।

गाई जात्रामा मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गर्छन् । तस्वीर : रासस
ललितपुरस्थित कृष्ण मन्दिर परिसरमा कृष्ण, रूक्मणी, सत्यभामा, बलभको प्रदर्शनी गरिँदै । हरेक वर्ष जाईजात्राको दिन कृष्ण मन्दिरबाट निकालेर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । तस्वीर- रासस ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा सोमबार नेवार समुदायले निकालेको लाखेनाच । लाखे नेवार समुदायको इतिहास र सामाजिक परम्परासँग जोडिएको पर्व हो । तस्विर- रासस

हेरौँ भिडियो

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ०२ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा