पंजशीर उपत्यका घेराबन्दी गरेको तालिबानको दावी « Khabarhub

पंजशीर उपत्यका घेराबन्दी गरेको तालिबानको दावी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलसहित देशका धेरैजसो सहर कब्जामा लिएको तालिबानले पंजशीर उपत्यकालाई घेराउ गरेको दावी गरेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले पंजशीरलाई तीनतर्फबाट घेराउ गरिएको दावी गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।

तालिबानले कहिल्यै नियन्त्रणमा लिन नसकेको सो उपत्यकामा पूर्ववर्ती सरकराका उपराष्ट्रपति उमरुल्ला सालेहसमेत मुजाहिदिन संगठनहरु तालिबानविरुद्ध एकीकृत भइरहेका छन् । सोमबार बिहानै तालिबानले आफ्ना लडाकुहरुलाई पंजशीर कब्जाका लागि पठाइएको जानकारी दिएको थियो । सोमबार दिउँसो तीनतर्फबाट सो उपत्यकालाई घरेबन्दी गरेको बताएको हो ।

तालिबानले पंजशीरका विषयमा पूर्ववर्ती सरकार समर्थक सेनासँग पनि वार्ता चलिरहेको बताएको छ । तालिबान प्रवक्ताले कुनै रक्तपात नचाहेको बताएका छन् । तर उपराष्ट्रपति सालेहले भने तालिबान लडाकुलाई पंजशीरबाट टाढा रहन चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार तालिबान विरोधीहरु पंजशीरमा तालिबानविरुद्ध यद्धको तयारी गरिरहेका छन् ।

९० को दशकमा अफगानिस्तानमा तालिबान सरकार हुँदा पनि पंजशीर उपत्यका भने तालिबानको नियन्त्रणमा थिएन । अहिले पनि राष्ट्रपति अश्रफ घानी भागेर यूएई पुग्दा उपराष्ट्रपति सालेह भने पंजशीर पुगेका छन् । उनले आफू नै कार्यबाहक राष्ट्रपति भएको घोषणा गरेका छन् । (एजेन्सी)

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ५४ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य