अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार « Khabarhub

अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

परराष्ट्र मन्त्रालयले हालसम्म ६५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नागरिकहरुले अफगानिस्तान छाडेका छन् ।

नेपाल सरकारले अफगानिस्तानाबाट उद्धार गरिएकाहरुलाई सीसीएमसीको समन्वयमा सामुखुशीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । अफगानिस्तानबाट उद्धार गरेर दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौँसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । थप ३६१ जना नेपालीहरुले नेपाल फर्किन नाम दर्ता गराएका छन् । सरकारले सम्पर्कमा आएका मध्ये २ जना नेपालीसँग राहदानी नरहेकोसमेत जनाएको छ ।

अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि गठित अन्तर निकाय कार्यदलको सोमबार बसी त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँको समन्वय, उद्धार पछीको स्वदेश फिर्तीबारे छलफल गरी सम्बन्धित सबै विन्दुहरूमा परराष्ट्र मन्त्रालय तथा नेपाली नियोगहरूमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : १९ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च