फरार आठ प्रतिवादी पक्राउ « Khabarhub

फरार आठ प्रतिवादी पक्राउ


७ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको