विज्ञहरु भन्छन् : अष्ट्रेलियामा अझै केही हप्ता वा महिनासम्मै भूकम्पको पराकम्प आउन सक्छ « Khabarhub

विज्ञहरु भन्छन् : अष्ट्रेलियामा अझै केही हप्ता वा महिनासम्मै भूकम्पको पराकम्प आउन सक्छ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलवर्न– अष्ट्रेलियामा केही हप्ता वा महिनासम्म पनि भूकम्पको पराकम्पहरु आउन सक्ने विज्ञहरुले बताएका छन् ।

भिक्टोरिया राज्यको म्यान्सफिल्ड केन्द्र बिन्दु पारेर बुधबार बिहान बिहान सवा ९ बजेतिर ५.९ रेक्टर स्केलको भुकम्प गएपछि विज्ञहरुले सुरक्षित रहन आग्रह गरेका हुन् ।

मेलवर्नबाट १९० किमी टाढा केन्द्रबिन्दु पारेर गएको भुकम्पले मेलवर्न लगायत आसपासका क्षेत्रहरु न्यु साउथ वेल्स, एडिलेड र क्यानवेरासम्म पनि धक्का महशुस भएको जनाइएको छ । भुकम्पले मेलवर्नमा केही भवन भत्किएका छन् ।

जियो साइन्स अष्ट्रेलियाका अनुसार आलपाइन राष्ट्रिय निकुञ्ज आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

युरोपियन सेटलमेन्टपछि अष्ट्रेलियामा आएको ठुलो मध्येको यो एक भूकम्प हो । पहिलो भूकम्प गएपछि ६ वटा भन्दा बढी पटक पराकम्पहरु गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विज्ञहरुका अनुसार त्यस्ता पराकम्पनहरु महिना, वर्षदिन सम्म पनि आइरहन सक्नेछन् । भूकम्पले भौतिक संरचनामहरुमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।

अष्ट्रेलिया जियो साईन्सका अनुसार यस भूकम्पको केन्द्रबिन्दुको गहिराई जमिन भन्दा १० किलोमिटर तलसम्म रहेको जनाइएको छ ।

राज्यको आपतकालीन सेवाले मानिसहरुलाई सम्भावित भूकम्पको लागि सतर्क रहन भनेको छ । उसले जोखिममा रहेको क्षतिग्रस्त भवनहरुबाट टाढा रहन र सुरक्षित साथ बस्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ८ : २८ बजे

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका