प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक काठमाडौँमा शुरु (फोटोफिचर) « Khabarhub

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक काठमाडौँमा शुरु (फोटोफिचर)


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि शुरु भएको छ ।

काठमाडौंको भद्रकालीस्थीत जङ्गी अड्डामा आयोजना गरिएको बैठकको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा स्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास रहने बताए ।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधानसेनापति र रक्षा मन्त्रालयका सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो । बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले वर्तमान वस्तुस्थिति, कार्य समिक्षा प्रस्तुत गर्ने सेनाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ०५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन