लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार « Khabarhub

लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ ।

बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित भैरबबहादुर थापालाई २०७७ सालको ‘जगदम्बा श्री’ प्रदान गर्ने निर्णय गरेको छ ।

‘मदन पुरस्कार’का लागि यो वर्ष भगिराजको पुस्तकसहित गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरबबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फूलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ प्रतिष्पर्धी थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ३२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले