प्रदेश १ मा २८४ जनामा कोरोना सङ्क्रमण « Khabarhub

प्रदेश १ मा २८४ जनामा कोरोना सङ्क्रमण


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

सो अवधिमा मोरङमा ५४, सुनसरीमा २४, इलाममा छ, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ८ : ४५ बजे

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख