सेनाका अधिकृतद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको अवलोकन (फोटोफिचर) | Khabarhub Khabarhub

सेनाका अधिकृतद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको अवलोकन (फोटोफिचर)


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना सैनिक वार कलेजमा संचालित ‘सि.सं. ३ अल आर्म कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन गरेका छन् ।

उनीहरुले सशस्त्रको प्रधान कार्यालयको भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालबारे विविध जानकारी लिएका हुन् । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा निरन्तर क्रियाशील रहेको बताए । उनले सशस्त्रले नेपाली सेना लगायत सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय तथा सहकार्य गर्दै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सुरक्षामा कटिवद्ध भई परिचालन भइरहेको बताए ।

उनले यस खालका अवलोकन तथा भ्रमणले कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे । शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतका कार्यहरुमा सम्वद्ध सबैको समन्वय तथा सामुहिक प्रयासले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने उनको भनाइ थियो ।

यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा समेत समन्वय, सहकार्य र यस्ता भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त गरे । उनले शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गरे । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी जितबहादुर लामालाई मायाको चिनो प्रदान गरेका थिए ।

भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाबारे सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले प्रष्ट गरेका थिए । सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिएका थिए ।

सो अवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय आदेश कक्षको कामकारवाही तथा हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत जानकारी हासिल गरेका थिए।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ४३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय