बेमौसमी वर्षाले खोटाङका कच्ची सडक अवरुद्ध  « Khabarhub

बेमौसमी वर्षाले खोटाङका कच्ची सडक अवरुद्ध 


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो । कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन् ।

बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बुलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बुलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ । कालोपत्रे भइसकेका दिक्तेल–जयराम सडकले नै हालसम्म जिल्लालाई हिउँद-वर्षा राष्ट्रिय सडक सञ्जालमा जोडिरहेको छ।

-न्युज कारखानाबाट 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ३० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र