सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने « Khabarhub

सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा प्रशोधन केन्द्र निर्माण हुदैँछ । आगामी साउनसम्म निर्माण सम्पन्न गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेगरी सम्झौता भएको हो ।

९९ लाख २९ हजार ३०० रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन गर्ने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार सहकारीले १९ लाख ४० हजार ६ सय ४७ रुपैयाँ लगानी गर्नेछ । राष्ट्रिय शहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ३ रुपैयाँ ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सिग्देलले बताए ।

गुणस्तरिय दुध, दही, घ्यू, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्न आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बिमामा परियोजनाको सहयोग रहने जनाइएको छ ।

सहकारीले पशुपालनका निम्ति बिना धितो कर्जा लगानी गरिरहेको सिग्देल बताउँछन् । सहकारीको सहकार्यमा गाउँ–गाउँमा गाईभैँसी फर्मह सञ्चालनमा छन् ।

सहकारीले शुक्लागण्डकी नगर क्षेत्रका किसानले उत्पादन गरेको १२ सय लिटर दुध दैनिक बजारमा पुर्‍याइरहेको छ । हाल प्रशोधन बिनै रबरले दुधको पोका बाँधेर बजारमा पठाइरहेको सहकारीका उपाध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए । ‘अब बजारमा ब्राण्ड बनाएर बेच्नुपर्ने सरकारी नीतिअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्दैछौँ । प्रशोधित दुध उपभोक्ताको स्वास्थलाई पनि हितकारी हुन्छ’, उनले भने ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले गुणस्तरीय दुध उत्पादन गरी किसानलाई आत्मानिर्भर बनाउन परियोजनाले सघाउने बताए । उनका अनुसार कार्यस्थलमा काम सम्पन्न भएपछि मात्रै आयोजनाले दिने अनुदानको भुक्तानी हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : १४ बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर