सेनाको शान्ति मिसन टोली सिरिया प्रस्थान | Khabarhub Khabarhub

सेनाको शान्ति मिसन टोली सिरिया प्रस्थान


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको शान्ति मिसन टोली मंगलबार सिरिया प्रस्थान गरेको छ । सेनाका अनुसार सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १९२ जनाको नेपाली सेनाको मिसन टोली सिरिया प्रस्थान गरेको हे ।

मिसन टोलीमा यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मी समावेश छन् । उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा २ देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न यूएनडीओएफ स्थापना भएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : २० बजे

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा