जलवायु परिवर्तनको असर, प्रतिकूल मौसमको भुमरीमा मलेसिया | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असर, प्रतिकूल मौसमको भुमरीमा मलेसिया


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनले पृथ्वीमा कुनै न कुनै समस्या निम्त्याइरहेको छ । केही वर्षयता विश्वमा जलवायु परिवर्तनका असरहरू देखिन थालेका छन् ।

यसै हप्ता फिलिपिन्समा आएको भयानक तुफानले ठूलो धनजनको क्षति गर्‍यो भने लाखौँ मानिस प्रभावित बने । सुनामीपछि भागदौड मच्चिँदा थुप्रै हताहत भए । यसको यकिन विवरण अझै आइसकेको छैन ।

जलवायु परिवर्तनको प्रभावले मलेसिया पनि प्रभावित बनेको छ ।

मलेसियामा हालै आएको बाढीको ठूलो नोक्सान पुर्‍याएको विवरणहरू सार्वजनिक भएका छन् । पछिल्लो दशककै सबैभन्दा खराब भनिएको उक्त बाढीले १४ जनाको ज्यान लिइसकेको छ । लगातार तीन दिनको वर्षाका कारण आठ प्रान्तका विभिन्न क्षेत्रमा बाढी र पहिरो गएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सम्भावित प्राकृतिक विपत्तिबारे समयमै सचेत नगराएको भन्दै सर्वसाधारणहरू सरकारसँग रुष्ट छन् ।

सोमबारको तथ्याङ्कअनुसार ५१ हजार नागरिक घरबारविहीन भएका छन् । पलाय प्रायद्वीपको पश्चिमी क्षेत्र पाहाङ सबैभन्दा बढी प्रभावित बनेको छ । राजधानी क्वालालम्पुर समेत जोडिएको सबैभन्दा धेरै जनघनत्व भएको सेलान्गर प्रान्त पनि प्रभावित बनेको छ । सन् १९७१ को भीषण बाढीपछि अहिले नै पानीको सतह सबैभन्दा माथि आएको जनाइएको छ ।

अर्कातिर बाढीपहिरोका कारण हजारौँ नागरिक एकसाथ अस्थायी आश्रय स्थलमा भेला भएका कारण कोभिड–१९ को महामारीले पनि अझ बढी सताउने सम्भावना देखिएको छ । सोमबार पानीको सतह केही कम भएसँगै धेरैजना आफ्नो पुरानो घरमा फर्किएका थिए । तथापि त्यहाँ पनि उनीहरूको अवस्था सहज बनेको छैन ।

‘हाम्रो अति आवश्यक कुराहरू, कपडाहरू र अन्य कागजात त्यत्तिकै छाडेका छौँ,’ बाढीपीडित सझाउता रेम्ली बताउँछिन्, ‘आफूसँग बोकेर ल्याएको बाहेक अन्य केही पनि हामीसँग बाँकी छैन ।’

गत चार दशकमा दक्षिण एसियाका धेरै शहर अनियन्त्रित बस्तीको शिकार बने । यसमा अग्रपक्तिंमा  रहेर संसारकै आलोचनाको शहर भने काठमाडौँ नै बनेको छ ।  खोलाको किनारमा समेत बनेका काठमाडौँका घरहरूले पानीको बहावलाई समेत  प्रतिकूल प्रभाव पारेका छन् ।

यो प्राकृतिक विपत्तिलाई व्यवस्थापन गर्न नसकेकोमा सर्वसाधारणले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारको तर्फबाट बाढीका बारे पूर्वजानकारी नदिएको तथा बाढी आइसकेपछि पनि प्रभावकारी कदम नचालिएको पीडितहरूको गुनासो छ ।

‘मैले एकदमै ढिलासुस्तीको महसुस गरेको छु, बाढीले प्रभावित गरेको जनजीवनलाई असर गरेको तीन दिनपछि मात्र नागरिक सुरक्षा दस्ता यहाँ आइपुगेको हो, जनताले ज्यान गुमाउँदा पनि सरकारी अधिकारीहरू बल्ल डुङ्गामा पेच कस्दै थिए,’ एक पीडितले सञ्चारमाध्यमसँग गुनासो गरे ।

पीडितहरूका अनुसार सेलान्गरमा यसरी बाढी गइरहेको समयमा दुई प्रमुख राजनीतिक दलको बैठक चलिरहेको थियो । दल नेतृत्वलाई बाढीको कुनै परवाह नै थिएन । उनीहरू दल बैठकमा व्यस्त थिए ।

प्रतिपक्षी विधायक चार्ल्स स्यान्टीयागाल सबैभन्दा प्रभावित मध्येको क्लाङबाट संसदमा प्रतिनिधित्व गर्छन् । उनी सरकार गैरजिम्मेवार भएकोमा अत्यन्त आक्रोशित छन् । उनले सरकारलाई ज्यानमाराको आरोप समेत लगाएका छन् ।

अहिले धेरै सहयोगी हातहरू सामाजिक सञ्जालमार्फत एकत्रित हुँदै लाइफ ज्याकेट लगायतका अत्यावश्यक सामग्री खरिद गर्न तल्लीन छन् । शरणार्थी भएका तथा घरबार गुमाएकाहरूको सहयोगका लागि नागरिक समुदाय नै लागेको छ ।

स्थानीय सञ्चारमाध्यम द स्टारका पत्रकार आदिम हारिथले  नागरिक समुदायले डुङ्गा किनेर धेरैलाई घरबाट उद्धार गरेको जनाएका छन् । उनले यसरी लगभग २ सय जनालाई उद्धार गरेर ल्याइएको बताएका छन् । नोभेम्बर र डिसेम्बरको मनसुन सिजनमा यसरी बाढी जाने समस्या मलेसियामा धेरै भए पनि यसपटकको बाढीले धेरै नै क्षति गरेको हो । यसअघि तीन दशक पहिले मात्र यस्तो बाढी आएको थियो ।

जलवायु परिवर्तनले जताततै समस्या

मलेसियामा यसरी बाढी गएर जनजीवन प्रभावित भएको केही महिना पहिले दक्षिण एसियाली क्षेत्र पनि बाढीले अत्यन्त प्रभावित भएको थियो । यसरी प्रभावित हुनेमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेश थिए । १४ सेप्टेम्बरमा भारतको गैर नाफामूलक संस्था सफर इन्डियाले एउटा रिपोर्ट तयार गरेको थियो । सो रिपोर्टअनुसार वर्षायामको बाढीले भारतका आठ प्रान्तमा प्रभाव पारेको थियो भने झण्डै ३८ लाख जना प्रभावित भएका थिए ।

भारतमा बाढीका कारण आठ जनाको ज्यान गएको थियो भने १४२ वटा आश्रय स्थलमा ११ हजार ७ सय ६९ जना उद्धारको पर्खाइमा बसेका थिए ।

गत चार दशकमा दक्षिण एसियाका धेरै शहर अनियन्त्रित बस्तीको शिकार बने । यसमा अग्रपक्तिंमा  रहेर संसारकै आलोचनाको शहर भने काठमाडौँ नै बनेको छ ।  खोलाको किनारमा समेत बनेका काठमाडौँका घरहरूले पानीको बहावलाई समेत  प्रतिकूल प्रभाव पारेका छन् ।

गत सेप्टेम्बरमा काठमाडौँमा १२१.५ मिलिमिटर पानी परेको थियो । ७ सेप्टेम्बरका दिन भएको उक्त वर्षा यसअघि काठमाडौँमा २४ घण्टामा सबैभन्दा धेरै पानी परेको आधारमा चौथोपटक भएको मौसमविदहरूले जनाएका थिए भने गएको दुई दशकमा तेस्रो धेरै पानी परेको उनीहरूले बताएका थिए ।

वर्षासँगै बाग्मतीमा आएको बाढीले गरेको क्षति र त्यसले जनजीवनमा पारेको प्रभाव पनि त्यत्तिकै थियो । त्यतिबेला ४ सय घर प्रभावित भएका थिए भने १ सय ५० जनालाई उद्धार गरिएको थियो ।

यस्तै बङ्गलादेशमा गङ्गा र ब्रम्हपुत्रमा आएको बाढीले त्यहाँको जनजीवनलाई प्रभावित गरेको थियो । पद्मानजिकै रहेको राजबारी जिल्लामा बालबालिकालाई विद्यालयबाटै उद्धार गरेर घर लगिएको थियो । संसारकै अत्यधिक जनघनत्व भएको राजधानी ढाकाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ विस्थापित गरिएको थियो । त्यसपछि बङ्गलादेशका अन्य गाउँमा पनि बाढी आउन थालेपछि अझ धेरै प्रभावित भएका थिए ।

कतै धेरै वर्षा, कतै खडेरी

यस वर्ष दक्षिण एसियाली देशहरू बाढीका कारण मात्र प्रभावित भएनन् । एकातिर बाढी र अर्कातिर खडेरीका कारण धेरै देशले क्षति बेहोरे । पाकिस्तानमा सेप्टेम्बरको मध्यसम्ममा सिन्ध र बालचीस्तानमा पानीको सतह नै कम भइसकेको थियो । १२ सेप्टेम्बरसम्ममा भारतको उत्तर प्रदेश, हरियाणा, पन्जाब र राजस्थानमा पनि पानीको अभाव देखिएको थियो ।

भारतको ड्रट अर्ली वार्निङ सिस्टम (डियुज)ले  भारतका धेरै भू–भागमा खडेरीको समस्या भएको जनाएको थियो । सोही समयमा धेरै स्थानको खाद्यान्न बाली पनि खडेरीका कारण प्रभावित भएका रिपोर्टहरू सार्वजनिक भएका थिए ।

डियुजले २४ अगस्टसम्म २१.०६ प्रतिशत भारतीय खडेरीको शिकार भएको जनाएको थियो । जबकि, गतवर्ष यो सङ्ख्या ७.८६ प्रतिशत थियो । धेरै पानी पर्ने नागाल्यान्डमा पनि यस वर्ष खडेरी भएको थियो । भारतमा धेरै पानी पर्ने १२ राज्यमध्ये सात वटा राज्यमा अगस्टको अन्तिमसम्म खडेरी परेको थियो ।

खडेरीको शिकारमा परेको दक्षिण एसियामा मनसुन शुरु हुनेबित्तिकै एक्कासी बाढी र पहिरोको समस्या देखिएको हो । धेरै जना घरबारविहीन हुने र ज्यान जाने क्रम एकैपटक बढेको थियो । भारतको महाराष्ट्रमा त बाढीको सीमा नै थिएन ।

जलवायु परिवर्तनको भय

जलवायु परिवर्तनले मौसममा पार्ने प्रभावबारे प्रत्येक १० वर्षमा रिपोर्ट सार्वजनिक हुने गरेको छ । प्री इन्डस्ट्रियल लेभलभन्दा तापक्रम २ डिग्रीले सेल्सियसले बढ्ने सम्भावना प्रबल रहेको छ । औद्योगिक विकास, कार्बन उत्सर्जन, वातावरणमा देखिएको प्रदूषणको चक्रीय प्रभाव यस्तो छ कि, केही दिनको अन्तरालमा संसारको कुनै न कुनै कुनामा ठूलो विपत्ति आइरहेको हुन्छ ।

इन्डियन इन्स्टिच्युट अफ ट्रोपिकल मेट्रोलोजीका वैज्ञानिकसहित समावेश दक्षिण एसियाका विज्ञहरूले भारतको दक्षिणी क्षेत्रमा यो प्रभाव बढ्दै जाने खतरा औँल्याएका छन् । सन् १८५० देखि १९०० को तुलनामा भारतको दक्षिणी भू–भागमा वर्षाको मात्रा २० प्रतिशतले बढेको छ ।

गत चार दशकमा दक्षिण एसियाका धेरै शहर अनियन्त्रित बस्तीको शिकार बने । यसमा अग्रपक्तिंमा  रहेर संसारकै आलोचनाको शहर भने काठमाडौँ नै बनेको छ ।  खोलाको किनारमा समेत बनेका काठमाडौँका घरहरूले पानीको बहावलाई समेत  प्रतिकूल प्रभाव पारेका छन् ।

दक्षिण एसिया मात्र होइन, यस वर्ष अमेरिका पनि प्रतिकल मौसमीय प्रभावमा पारेको थियो । डढेलोका कारण अमेरिका र क्यानडाको जीवनमा धेरै कठिनाइ उत्पन्न भएको थियो ।

प्री इन्डस्ट्रियल युगमा भन्दा औद्योगिक युगमा मानिसले धेरै सुख सुविधा पाए पनि त्यो भन्दा बढी जीवनको जोखिम मोलिरहेका छन् । संसारका एउटा कुनामा गरेको मानिसको गल्तीले पृथ्वीको अर्को कुनामा प्रभाव पारेको छ ।

संसारको मौसम र वातावरण एक स्थानको अर्को स्थानमा पक्कै पनि सम्बन्धित हुन्छ ।

सन् २०२१ मा संसारले भोगेको बाढी, पहिरो, अतिवृष्टि र अनावृष्टिको  प्रभाव वर्षको अन्त्यमा मलेसियामा पनि परेको छ । अब नयाँ वर्षको शुरुवातमा आफैलाई नसुधारे यस्ता थप क्षति मानव समुदायले बेहोर्नुपर्ने देखिएको छ र

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : १५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द