राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि « Khabarhub

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुरु हुँदै छ ।

पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने १२ पुसमा गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ । अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् ।

बिहीबार दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा.धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुँदै छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ११ : ५३ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको