टी-ट्वान्टी क्रिकेट : अमेरिकासँग टेस्ट राष्ट्र आयरल्यान्ड पराजित « Khabarhub

टी-ट्वान्टी क्रिकेट : अमेरिकासँग टेस्ट राष्ट्र आयरल्यान्ड पराजित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले टेस्ट राष्ट्र आयरल्यान्डलाई हराएको छ । अमेरिकाले टी–ट्वान्टी क्रिकेटमा २६ रनको ऐतिहासिक हात पारेको हो ।

दुई खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली अमेरिकाले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

आयरल्यान्डका लर्कन टकरले अविजित ५७ रन जोडे पनि जितका लागि पर्याप्त भएन् । अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, अली खान र निसर्ग पटेलले समान दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ८८ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ६५ रन जोडे । अमेरिकाविरुद्ध आयरल्यान्डले दुई खेलको टी–ट्वान्टी र तीन खेलको एकदिवसीय खेलिरहेको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १२ : ३० बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत