ऋषिराज भन्छन्–‘चुरीफुरी’ले मानिसको व्यवहारलाई देखाउनेछ | Khabarhub Khabarhub

ऋषिराज भन्छन्–‘चुरीफुरी’ले मानिसको व्यवहारलाई देखाउनेछ


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक ऋषिराज आचार्य निर्देशित फिल्म ‘चुरीफुरी’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । कमेडी जनराको यो फिल्मले प्रचारप्रसारको सबै काम पुरा गरिसकेको छ ।

निर्देशक आचार्यका अनुसार फिल्मले समाजकै कथा देखाएको छ । ‘हामी भित्र एउटा काम गर्छौ र बाहिर देखाउने व्यवहार अर्कै हुन्छ । अर्थात् हामी बाहिर बढी चुरीफुरी देखाउछौं । यस्तै कथा फिल्ममा छ । फिल्मले मानिसको व्यवहारलाई देखाउनेछ’, उनी भन्छन् ।

फिल्ममा कमेडीले स्थान पाए पनि यसले समाजको वास्तविकतालाई चित्रण गर्ने उनको दाबी छ । कोभिड महामारीपछि सम्भवत पहिलोपटक कमेडी फ्लेभरको फिल्म रिलिज हुन लागेकाले दर्शकले मनपराउनेमा ऋषिराज ढुक्क छन् ।

आरबी मुभीजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रवीन्द्र झा, सुबोध गौतम, दीपक आचार्य, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ, राजेन्द्र खाती, राजीवजंग बस्नेत, मनिल तामाङ, रश्मी भट्ट, ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : ५९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग