प्रधानमन्त्रीका अगाडि नायव महान्यायाधिवक्ताले भने : सरकारको त्रुटिपूर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस पाइयो | Khabarhub Khabarhub

प्रधानमन्त्रीका अगाडि नायव महान्यायाधिवक्ताले भने : सरकारको त्रुटिपूर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस पाइयो


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिक्षा गर्दा सरकारी वकिलले अपजस बेहोर्नुपरेको बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका त्रुटिपूर्ण निर्णय र अनुसन्धानमा हुने ढिलाइका कारण पनि सरकारी वकिलले अपजस बेहोर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले त्रुटिपूर्ण सरकारी निर्णय र कदमको प्रतिरक्षा गर्नुपर्ने र यसले सरकारी वकिलले अपजस बेहोरेको गुनासो गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले सरकारी फौजदारी मुद्दाको अभियोजन, प्रतिरक्षा गर्ने काम गर्छ ।

८ पुस २००८ कालीप्रसाद उपाध्याय पहिलो महान्यायाधिवक्ता नियुक्त भएको दिनलाई स्थापना दिवस मनाउने गरिएको छ । देशभर ९७ वटा सरकारी वकिल कार्यालय छन् ।

५ सयभन्दा बढी सरकारी वकिल छन् । महान्यायाधिवक्ता र सरकारी वकिलको कार्यालयमा कर्मचारी र सहायकसहित एक ५८७ जनशक्ति कार्यरत छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ४ : ३७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः