पहिलो झलकमा विक्रम, प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’ « Khabarhub

पहिलो झलकमा विक्रम, प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट सूर्य बोहोराको लेखन र निर्देशन रहेको फिल्म ‘हेल्लो जिन्दगी’को पहिलो झलक सार्वजनिक भएको छ । सत्यघटनामा आधारित सामाजिक कथाको यो फिल्म आगामी चैत ११ गते रिलिज हुँदैछ ।

फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहोरा, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारको अभिनय छ ।

युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डि जोशी छन् । सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथ निर्देशक बोहोरा र विक्रमको हो भने पटकथा र संवादमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।

निर्देशक बोहोराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा सबिता गुरुङ सह–निर्माता छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : ०० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ