बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी « Khabarhub

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे ।

विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको उजेलीसँगै बंगुरहरूको हेरचाहमा पुग्छन् । साँझ अबेरसम्म उनले सञ्चालन गरेको बंगुर फर्ममा नै व्यस्त छन् । डेढ वर्षअघिदेखी उनी यही बंगुर फर्ममा भेटिन्छन् ।

विगतको जस्तो बजारमा साथीभाइसँग गफ गर्न उनलाई अहिले फुर्सद नै मिल्दैन । चाङलुङ बंगुर फर्म दर्ता गरी अनिल र उनका भाइ सुनिलले सामूहिक रुपमा बंगुरपालन गर्दै आएका छन् । सुनिल ५ वर्ष वैदेशिक रोजगारमा थिए । विदेशी भूमिमा गरेको श्रम र मिहेनत आफ्नै ठाउँमा गर्न सके रोजगारका लागि विदेश नै जानुपर्छ भन्ने लाग्दैन सुनिललाई । दाजुभाइ र आँखेवा परिवार यतिबेला फर्म बंगुरको हेरचाहमा नै रमाइरहेका छन् । बंगुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने हतारो हुन्छ यी दाजुभाइलाई ।

चारो, खोरदेखि जन्मिँदै गरेको पाठापाठी स्याहारमा नै समय खर्चिरहेका हुन्छन् । पाँच लाख लगानीमा सुरु गरेको फर्मले राम्रै आम्दानी लिन थालेको छ । अनिल भन्छन्, ‘राजनीति भनेको सेवा हो व्यावसाय भनेको आम्दानीको स्रोत हो । राजनीतिले परिवार धान्ने कुरै भएन परिवार धान्नका लागी कुनै न कुनै व्यावसाय गर्नुपर्छ भन्ने उद्देश्यले बंगुरपालनलाई रोजेका हौँ । खासगरी हामीले मासुभन्दा पनि पाठापाठी उत्पादनलाई जोड दिँदै आएका छौँ । सुरुआती चरणमा छौँ हामी, तर पनि आम्दानी राम्रै छ । अझ फर्मलाई व्यवस्थित बनाउँदै जाने हाम्रो सोच छ ।’

घर नजिकै सञ्चालन गरेको फर्ममा दाजुभाइसँगै परिवारका सदस्यहरू रोजगार बनेका छन् । फर्ममा उत्पादन भएका बंगुरका पाठापाठी स्थानीय बजारका साथै धनकुटाको हिलेसम्म बिक्री हुँदै आएका छन् ।

बजारको माग धेरै भए पनि मागअनुसार उत्पादन गर्न नसकेको अनिलले बताए । उनी भन्छन्, ‘बजारको लागि समस्या छैन । मागअनुसार उत्पादन गर्न नसक्दा आम्दानी लिन नसकेको छैन । ग्राहकहरूको मागअनुसार विभिन्न जातका बंगुर भित्र्याउँदै जाने सोचमा छौँ । उन्नत जातको पाठापाठी उत्पादन गरी ग्राहकसम्म पुर्‍याउने लक्ष्य लिएका छौँ ।’

व्यावसायिक रुपमा बंगुरपालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग अझैसम्म नपाएको अनिलको गुनासो छ । अनिल भन्छन्, ‘युवाहरूलाई व्यावसायिक बनाउने भनेर स्थानीय सरकारले कार्यक्रम ल्याए पनि हाम्रो फर्मलाई अनुदान भन्ने दिएको छैन ।’

पाँच रोपनी क्षेत्रफलमा रहेको जग्गा भाडामा लिएर फर्म सञ्चालन गर्दै आएका हुन । पाठापाठीसँगै मासु र बिउका लागि फर्ममा बंगुर पाल्दै आएका छन् । यहाँ उत्पादन भएका पाठापाठी तीन हजारदेखि पाँच हजारसम्म बिक्री हुँदै आएका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ५ : ३५ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ