एमाले अब माथि उठ्न सक्दैन : खनाल (भिडियो) « Khabarhub

एमाले अब माथि उठ्न सक्दैन : खनाल (भिडियो)


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको उनले टिप्पणी गरे।

उनले जनताले शक्तिशालि बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अब पानीको फोका जस्तै भएको जिकिर गरे। खनालले गएको निर्वाचनमा जनतासंग गरेको प्रतिवद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सही बाटोमा हिँडाउन नसकेका कारण आफूहरुले नयाँ बाटो रोजेको बताए।

खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दावी गरे। उनले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको पुरा हुने धारणा राखे।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : ५३ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता