महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित « Khabarhub

महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् ।

बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो । ‘श्रीलंकालाई जित्नैपर्ने दबाब थियो । किनकी पहिलो खेल जित्दै मनोबल उच्च बनाउने अवसरका रुपमा यो खेल थियो । दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नुपर्ने दबाब थियो’, मुख्य प्रशिक्षक भट्टले भने ।

साविक विजेता नेपालले सुरुआती दुई सेट १९–२५ र २१–२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काले बहादुरी प्रदर्शन गरेपछि त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेट नेपालले २५–१५ जित्यो । चौथो सेट समेत २५–१९ले जित्दा पाँचौ तथा निर्णायक सेट १५–१३ ले जितेको थियो । ‘शान्ति र सुनिताको प्रदर्शनले सबै खेलाडीमा उत्साह जगायो । र हामी पुनः खेलमा फर्कियौं र हामी पाँचौ सेटमा गएर प्रतियोगितामा पहिलो खेल जित्न सफल भर्यौ,’ ढाकाबाट भट्टले भने ।

यस्तै, भट्टले खेलाडीले नियमित खेलको २० प्रतिशत पनि खेल्न नसकेको र नेपालको सर्भिस, स्पाइक, ब्लक कुनै पनि पोजिसन सन्तोषजनक नरहेको बताए । ‘खेलाडीहरूले सुरुवाति दुई सेट निकै दबाबमा खेले । जुन हाम्रो नियमित खेलको २० प्रतिशत पनि होइन । जसले गर्दा सुरुको दुई सेट गुमाउनु पर्योे । म खेलबाट सन्तुष्ट छैन । हाम्रो सर्भिस, स्पाइक, ब्लक कुनै पनि सन्तोषजनक छैन’, गतबर्ष नेपाललाई पहिलो पटक एभीसी सेन्ट्रल जोनको उपाधि दिलाएका प्रशिक्षक भट्टले भने ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : २३ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको