महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित « Khabarhub

महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् ।

बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो । ‘श्रीलंकालाई जित्नैपर्ने दबाब थियो । किनकी पहिलो खेल जित्दै मनोबल उच्च बनाउने अवसरका रुपमा यो खेल थियो । दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नुपर्ने दबाब थियो’, मुख्य प्रशिक्षक भट्टले भने ।

साविक विजेता नेपालले सुरुआती दुई सेट १९–२५ र २१–२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काले बहादुरी प्रदर्शन गरेपछि त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेट नेपालले २५–१५ जित्यो । चौथो सेट समेत २५–१९ले जित्दा पाँचौ तथा निर्णायक सेट १५–१३ ले जितेको थियो । ‘शान्ति र सुनिताको प्रदर्शनले सबै खेलाडीमा उत्साह जगायो । र हामी पुनः खेलमा फर्कियौं र हामी पाँचौ सेटमा गएर प्रतियोगितामा पहिलो खेल जित्न सफल भर्यौ,’ ढाकाबाट भट्टले भने ।

यस्तै, भट्टले खेलाडीले नियमित खेलको २० प्रतिशत पनि खेल्न नसकेको र नेपालको सर्भिस, स्पाइक, ब्लक कुनै पनि पोजिसन सन्तोषजनक नरहेको बताए । ‘खेलाडीहरूले सुरुवाति दुई सेट निकै दबाबमा खेले । जुन हाम्रो नियमित खेलको २० प्रतिशत पनि होइन । जसले गर्दा सुरुको दुई सेट गुमाउनु पर्योे । म खेलबाट सन्तुष्ट छैन । हाम्रो सर्भिस, स्पाइक, ब्लक कुनै पनि सन्तोषजनक छैन’, गतबर्ष नेपाललाई पहिलो पटक एभीसी सेन्ट्रल जोनको उपाधि दिलाएका प्रशिक्षक भट्टले भने ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : २३ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च