राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र हो : पौडेल | Khabarhub Khabarhub

राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र हो : पौडेल


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम भएको बताएका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नेता पौडेलले आफूलाई साथीहरुले ‘रामचन्द्रजी अब पार्टिभित्रको चुनावमा लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेकाले आफू प्रतिस्पर्धाबाट अलग रहेको र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेको उल्लेख गरेका छन् ।

आफ्नो राजनीतिक यात्रा जारी रहेको भन्दै उनले अविछिन्न अगाडि बढिरहने संकल्प रहेको उल्लेख गरेका छन्। उनले नेता कार्यकर्ता र शुभचिन्तकलाई आफूप्रतिको विश्वासलाई सदैव सम्मान गर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : २५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग