यूरोपमा कोरोनाविरूद्धको खोप अभाव, खोप अभियान स्थगित | Khabarhub Khabarhub

यूरोपमा कोरोनाविरूद्धको खोप अभाव, खोप अभियान स्थगित


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ ।

बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।

यूरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।

अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।

संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ ।

यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ ।

म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ । गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो ।

उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ । इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानूनी उपचार खोज्ने बताएका छन् ।

युरोपेली आयोगले पनि स्वीकृत भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।

ईयूले हालसम्म स्वीकृति नदिए पनि हंगेरीले धेरै मात्रामा रसियाको स्पुत्निक पाचौं खोप किन्ने जनाएको छ । हंगेरीले चीनको सिनोफार्मको खोप किन्न पनि सम्झौता गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ५८ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।