नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट « Khabarhub

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको आज एकीकृत कारोबार (माघ ११ गते आइतबार)देखि सुरु हुँदैछ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पुस ३ गते स्वीकृती प्रदान गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० कित्ताको अनुपातमा गाभ्न थालेको हो । यसको मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : ५३ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक