नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट « Khabarhub

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको आज एकीकृत कारोबार (माघ ११ गते आइतबार)देखि सुरु हुँदैछ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पुस ३ गते स्वीकृती प्रदान गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० कित्ताको अनुपातमा गाभ्न थालेको हो । यसको मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : ५३ बजे

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा