जान्हवीको ‘गुड लक जेरी’ सुटिङमा किसानको अवरोध « Khabarhub

जान्हवीको ‘गुड लक जेरी’ सुटिङमा किसानको अवरोध


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री जान्हवी कपूर हालका दिनमा पञ्जाबको पटियालामा फिल्म ‘गुड लक जेरी’को सुटिङ गरिरहेकी छन् । तर शनिबार भने यो फिल्मको सुटिङमा स्थानीय किसानले अवरोध पुर्याएका छन् । कृषि कानूनको विरोध गरिरहेका केही किसानहरु सुटिङ सेटमा पुगेर प्रदर्शन गरेपछि सुटिङ रोकिएको थियो ।

समाचार अनुसार किसानहरुले यो शहरमा फिल्मको सुटिङका विरुद्ध नाराबाजी गरेका थिए । किसानहरुले फिल्मका कलाकार तथा प्राविधिक बसेको होटलमा पनि पुगेर नाराबाजी गरे । उनीहरुले आफ्नो आन्दोलनमा बलिउडका कलाकारको समर्थनको माग गर्दै नाराबाजी गरेका थिए ।

‘यो मुद्दा फिल्मका कुनै कलाकारका विरुद्ध होइन । किसानहरु आफ्नो आन्दोलनमा फिल्म युनिटले समर्थन गरुन भन्ने चाहन्छन् । किनकी किसान यस्तो वस्तु हुन्, जसले जोकोहीलाई पनि प्रभावित गर्न सक्ने हिम्मत राख्छन् । त्यहीकारण उनीहरुले आफ्नो आन्दोलन बलिउडको समर्थन होस् भन्ने चाहन्छन्’, एक किसानले भनेका छन् ।

यसअघि जनवरी १० मा पन्जाबो स्सी पठानामा पनि किसानले यो फिल्मको सुटिङमा रोक लगाएका थिए । त्यो समयमा जब जान्हवीले सामाजिक सन्जालमा किसानको समर्थनमा स्टाटस शेयर गरिन्, त्यसपछि मात्र सुटिङ पुनः शुरु भएको थियो ।

किसानहरुले पञ्जाबी फिल्म उद्योगका सबै कलाकारहरुले आफ्नो आन्दोलनमा समर्थन गरिरहेकोले बलिउडका कलाकारलाई पनि समर्थन गर्न आव्हान गरेको बताएका थिए । बलिउडका कलाकारहरु फिल्म सुटिङ गर्न पञ्जाब आए पनि आफ्नो आन्दोलनमा कसैले केही नबोलेको गुनासो गरेका छन् ।

जान्हवी स्टारर यो फिल्म सन् २०१८ मा रिलिज तमिल फिल्म ‘कोलामवु कोकिला’ को हिन्दी रिमेक हो । तमिल पिःल्ममा नयनताराले प्रमुख भूमिका निभाएकी थिइन् । ‘गुड लुक जेरी’ को निर्देशक सिद्धार्थ सेनगुप्ताले गरिरहेका छन् । यसका निर्माता आनन्द एल राय हुन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ४ : ५९ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था