पाकिस्तानी वायुसेवाले नियम उल्लंघन गरेकोमा निन्दा, क्वालालम्पुरमा पीआइएको विमान जफत « Khabarhub

पाकिस्तानी वायुसेवाले नियम उल्लंघन गरेकोमा निन्दा, क्वालालम्पुरमा पीआइएको विमान जफत


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा (पीआइए) ले लीज सम्बन्धी कानुन उल्लघंन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरणले निन्दा गरेको छ ।

बोइन ७७७ विमानको अदालतमा लीज सम्बन्धी मुद्दा जारी रहेको बेला अन्तराष्ट्रिय उडान भर्न अनुमति दिएर पीआइएले कानुनको उल्लघन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरण (सिएए) ले निन्दा गरेको हो । लीज सम्बन्धी कानुनको बेबास्ता गर्ने पीआइएको गैरजिम्मेवार व्यावहार र प्रवृति प्रति नागरिक उडड्यन प्राधिकरणले असन्तुष्टी देखाएको हो ।

अन्तराष्ट्रिय नागरिक उड्ययन कानुनको उल्लघनले देश लाइ नै लज्जित बनाउने भन्दै सिएएले असन्तुष्टी देखाएको छ ।

हाल विश्वब्यापारी महामारी रहेको कोभिड–१९ महामारीका कारण पीआइएले समयमा विमानको भाडा तिर्न असफल भएको थियो । विमानको भाडा तिर्न असफल भएपछि पीआइए अधिकारीहरु जनवरी २२ मा बेलायतको अदालत र जनवरी २४ मा मलेसियाको अदालतमा उपस्थित हुनुपर्ने नागरिक उड्ययन मन्त्री गुलाम सरवर खानले बताएका छन् ।

पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले महंगो भाडादरमा दुई विमान लिएको मन्त्री खानले आरोप लगाए । सन् २०१५ मा पीआइएको विमान भीयतनामको कम्पनीबाट पीआइएले भाडामा बिमानहरु भित्राएको थियो। शुक्रबार यात्रु चढाएर उड्नै लागेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको छ ।

पीआइएले बोइङ ७७७ मोडलको यो विमान भाडामा लिएको थियो र यसको भाडा तिरेको थिएन । शुक्रबार क्वालालम्पुर विमानस्थलमा विमान जफत गरिँदा त्यसमा यात्रु बसिसकेका थिए ।

यो विमान अदालतको आदेशमा जफत गरिएको अल जजीराले जनाएको छ । हालै पाकिस्तानको सरकारी एयरलाइन्स पीआइएले भाडा नतिरेपछि कम्पनीले ६ महिना पहिले बेलायतको अदालतमा निवेदन दिएको थियो ।

सुनुवाइमा अदालतले विमान जफत गर्न आदेश दिएसंगै यात्रु चढाएर उड्नै लागेको पीआआइएको बिमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको थियो । पीआइएले बोइङ ७७७ मोडलको विमानले भाडामा लिएपनि नतिरेपछि जफत गरिएको हो।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ४९ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका