पाकिस्तानको सिन्धलाई स्वतन्त्र देश माग गर्दै प्रदर्शन « Khabarhub

पाकिस्तानको सिन्धलाई स्वतन्त्र देश माग गर्दै प्रदर्शन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्शोरो– आधुनिक सिन्धि राष्ट्रबादका पिता जी एम् सयदको १ सय १७ औं जन्मजयन्तिको अवसरमा स्वतन्त्र सिन्ध देशको माग गर्दै बृहत प्रदर्शन भएको छ ।

जी एम सयदको जन्म जयन्तीको अवसरमा उनको गृहक्षेत्र सिन्ध प्रान्तस्थित जम्शोरो जिल्लामा भएको बृहत प्रदर्शनमा स्वतन्त्र सिन्धुदेशको माग गरिएको हो ।

प्रदर्शनकारीले अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्तराष्ट्रिय नेताहरुलाई आह्वान पनि गरेका छन् ।

स्वतन्त्रतावादीहरुले सिन्ध देश सिन्धुघाँटीबेसी सभ्यता र वैदिक धर्मको आधारक्षेत्र भएपनि ब्रिटिस साम्राज्यले अवैध रुपमा कब्जा गरी इस्लामिकको हातमा सुम्पिदिएको बताएका छन् ।

उनीहरुले सिन्ध इतिहास र संस्कृतिमाथि बर्बर आक्रमण गरी पकिस्तानले कब्जा जमाए पनि सिन्धहरु सह–अस्तित्व, बहुलबाद, सहिष्णु, सामनजस्यपूर्ण समाज सिर्जना गरी मानव सभ्यताको सम्मान गर्दै आएको शफी जे सिन्ध मुत्ताहिदा महजका अध्यक्ष मुहम्मद बुर्फतले बताए।

उद्योग, दर्शन, समुद्री अध्ययन, गणित र खगोल विज्ञानको क्षेत्रमा अन्वेषण गरेका सिन्ध नागरिक आज पाकिस्तानको इस्लामिक फासिवादी असंवैधानिक शक्तिको कब्जामा रहेको बुर्फतले बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : ५९ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग