टेलिकमकाे कर्मचारी हुँ भन्दै ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ « Khabarhub

टेलिकमकाे कर्मचारी हुँ भन्दै ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

सिसिटिभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिहरुको हुलिया लिएर खोज तलास गर्ने क्रममा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

डाँका गर्ने मुख्य अभियुक्त सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवसहित चार जना पक्राउ परेको प्रहरी उपरीक्षक धमलाले बताए ।

प्रहरीले घटनामा प्रयोग भएको सवारी साधन ना ४ ख ७२४६ नम्बरको मिनी ट्रकसहित गाडीका धनी सिरहा लहान नगरपालिका–३ डगराहा टोलका ३५ वर्षीय सूर्यनारायण महतो, डाँकाको समान बिक्री गर्ने लहान नगरपालिका–३ अस्पताल चौकका ३५ वर्षीय पवन जायसवाल र ब्याट्री खरिद गर्ने कबाडी सञ्चालक सिरहाको गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार डाँका गरिएको २४ वटा ब्याट्रीमध्ये जायसवालले १७ वटा व्याट्री भारततर्फ पठाएको र ७ वटा ब्याट्री दीपक अग्रवाललाई बिक्री गरेका छन् ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी सात वटा ब्याट्री र डाँकाको समान ओसार्न प्रयोग भएको मिनी ट्रक बरामद गरेको छ । उनीहरुलाई डाँका मुद्दामा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दिया टोलस्थित शिवनारायण चौधरीको घरमा राखिएको २४ थान ६५० एएच ब्याट्री, २० मिटर पावर केबल र २५ मिटर अर्थिङ्ग केबल पुस २३ गते बिहान डाँका भएको थियो । घरमा ठूलो मानिस नभएका बेला चौधरीकी नाबालिका छोरीसँग टेलिकमको कर्मचारी हुँ भनेर आरोपितले झुक्याइ साँचो मागी डाँका गरेको आरोप छ ।

डाँका मुद्दामा पक्राउ परेका आरोपितलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : १९ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई