नारायणी रंगशालाको पुनर्निर्माण शुरू « Khabarhub

नारायणी रंगशालाको पुनर्निर्माण शुरू


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज स्थित नारायणी रंगशालाको पुनर्निर्माण शुरू गरिएको छ।

नारायणी रंगशालाको दक्षिणपूर्वी प्यारापिट भत्काएर नयाँ निर्माण गर्न थालिएको छ। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति वीरगन्जका प्रमुख मोहम्मद जियाउल इस्लामका अनुसार दक्षिणपूर्वी प्यारापिट भत्काएर अहिले ९ लेनको करिब ८० मिटर लामो प्यारापिट निर्माण गर्न लागिएको हो।

नयाँ रंगशालाको संरचना निर्माण गर्न कुल २ अर्ब ६४ करोड रूपैयाँ लागतको डीपीआर तयार गरिएकोमा पहिलो चरणमा आर्थिक वर्ष २०७४-०७५ मा ७५ लाख र २०७५-०७६ मा ५० लाख रूपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले निकासा गरेकोमा त्यसबाट अहिले कम्पाउन्ड वाल निर्माणको काम सकिएको छ।

आर्थिक वर्ष २०७६-०७७ मा राखेपले कभर्डहल निर्माणका लागि २ करोड र रंगशालाको प्यारापिट निर्माणका लागि ५ करोड निकासा गरी टेन्डर आह्वान गरी ठेक्कासमेत लागिसकेको थियो।तर कोभिड–१९ महामारीका कारण ठेकेदारले काम गर्न नसकेपछि गत वर्ष उक्त रकम फ्रिज भएको इस्लामले बताए ।

यसपालि परिषद्ले त्यही रकम निकासा गरी रंगशालाको प्यारापिट निर्माणको काम गरिरहेको भन्दै उनले हाल ३ करोड ७२ लाख रूपैयाँमा ठेक्का लागेर निर्माण काम भइरहेको बताए ।

रोशनरसागर निर्माण कम्पनीले ज्वाइन्ट भेञ्चरमा ठेक्का पाएको हो।ठूलो परियोजना रहेकाले हालको रकम रंगशाला निर्माणलाई अत्यन्त कम रहे पनि जर्जर बनेको रंगशालाले नयाँ जीवन पाउन लागेकाले आफूहरू उत्साही रहेको इस्लामले बताए ।

उनका अनुसार २ अर्ब ६४ करोडमा नयाँ रंगशालाको डीपीआरअन्तर्गत क्रिकेट मैदान, ट्र्याक एन्ड फिल्डसहित फुटबल मैदान, कर्भडहल, कम्पाउन्ड वाल निर्माण हुनेछ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ३० बजे

गण्डकी प्रदेशसभा : सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

एजेन्सी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

दुई दिनको वर्षाले किसानलाई राहत

महोत्तरी– सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि