धेरै बस्ने बानीले स्वास्थ्यमा गम्भीर असर ! « Khabarhub

धेरै बस्ने बानीले स्वास्थ्यमा गम्भीर असर !


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दशकयता मानिसहरु शारीरिक श्रम नगर्ने पेशामा बढि सक्रिय छन् । पहिले पहिले मानिसहरु खेती किसानी काममा व्यस्त हुन्थे । तर आजकल बसिबसि गर्ने काम सबैको रोजाईमा पर्दछ । तर यस प्रकारको काम वा लामो समय बस्ने गर्दा स्वास्थ्यमा भने नकारात्मक असर पर्ने गर्दछ ।

चिकित्सकहरु जो व्यक्ति जति कम बस्छ त्यो त्यति बढी बाँच्न सक्छ भनेर सुझाउँछन् । दिनहुँ ३ घण्टाभन्दा कम बस्ने मानिसहरु धेरै बस्ने मानिसको तुलनामा बढि बाच्ने गर्दछन् । एक अध्ययन अनुसार दैनिक ३ घण्टाभन्दा कम बस्ने मानिसको आयू एक दशमलव चार वर्ष बढ्न सक्छ । तसर्थ लामो समय बस्नुको सट्टा करेसाबारीको काम गर्ने, वा कुनै पनि शारीरिक श्रम हुने काम गर्न चिकित्सक सुझाव दिन्छन् ।

कार्यालयको काम बसेर नै गरिन्छ । तर कार्यालयबाट घर आएपछि पनि मानिसहरु ओच्छ्यानमा पल्टेर लामो समय मोवाइल चलाउँछन् । सुतेर टिभी हेर्छन् वा सोफामा बस्ने गर्दछन् । तर यस्ता क्रियाकलापले स्वास्थ्यमा खराबी देखिनुको साथै मधुमेह, मुटुरोग र हृदयाघात हुने संभावना बढाउँछ ।

पछिल्लो समय वृद्धहरु मात्र नभई बालबालिका र वयस्क समेत बसेर समय बिताउँछन् । यस्तोमा उनीहरुमा स्वास्थ्यको जोखिम बढ्दछ । तर यसको सट्टा हिडडुल, व्यायाम वा अन्य काममा सक्रिय भएमा जीवनको आयू दुई वर्षसम्म बढ्न सक्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ४५ बजे

गण्डकी प्रदेशसभा : सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

एजेन्सी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

दुई दिनको वर्षाले किसानलाई राहत

महोत्तरी– सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि