मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष « Khabarhub

मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए ।

ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए ।

उनले भने, ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’

सर्वोच्चको आदेश बमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए। आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : २१ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध