जनताले भोट दिएन, अहिले कांग्रेस चाहिएको छ: सभापति देउवा « Khabarhub

जनताले भोट दिएन, अहिले कांग्रेस चाहिएको छ: सभापति देउवा


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको बताएका छन् ।

आज काठमाडौँमा कांग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा राखिएको विचार गोष्ठीमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले यतिबेला जनताले कांग्रेसको खोजी गरेको तर भोट दिने बेला भोट नदिएको टिप्पणी गरे । उनले जनताले कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको समेत बताए ।

‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ सबले, जनताले भोट दिएन अहिले काँग्रेस चाहिएको छ, कांग्रेसलाई खोज्न थालेका छन् मान्छेहरुले,’ सभापति देउवाले भने ।

उनले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस नै चाहियो ?’

उनले जनताले नेकपालाई भोट हालेको र आफूहरूले मान्नुपर्ने अवस्था आएको बताए । साथै उनले संसद पुनःर्स्थापना भएकोमा खुशी व्यक्त गरे ।

विचार गोष्ठीमा बोल्दै उनले तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन हुने पनि दाबी गरे ।

देउवाले नेकपाभित्र दुई समूह देखिए पनि कानूनी रुपमा एउटै पार्टी भएको बताए । साथै उनले नेकपा फुटोस् भन्ने चाहना नराखेको पनि बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : १० बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र