सरकार बनाउन दाहाल-नेपाल समूह ‘भिख माग्दै हिँडेको’ नेता पोखरेलको आरोप « Khabarhub

सरकार बनाउन दाहाल-नेपाल समूह ‘भिख माग्दै हिँडेको’ नेता पोखरेलको आरोप


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल-नेपाल समूह गैरकम्युनिस्ट पार्टी नेतृत्वको सरकार बनाउन ‘भिख माग्दै हिँडेको’ आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकमा पोखरेलले अदालतको फैसलापछि दाहाल-नेपाल गैरकम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि भिख माग्दै हिँडेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि उहाँहरु भिख माग्न हिँड्दै हुनुहुन्छ ।’

उनले दुई महिनाको अवधिमा जनताले सत्य तथ्य कुरा आपै बुझ्‍ने मौका पाएको पनि बताए । नेता पोखरेलले पार्टी नेतृत्वको रक्षाका लागि स्वभाविक रूपमा प्रतिनिधिसभा विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम भएको समेत बताए ।

पोखरेलले संसद्‍मा मान्छे तान्‍ने खेल सुरु हुने र त्यतिबेला ओलीको संसद् विघटनको कदम सही हो भन्‍ने दुनियाँलाई थाहा हुने दाबी गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : २३ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र