नेपालमा हालसम्म ४ लाख २९ हजार बढीले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

नेपालमा हालसम्म ४ लाख २९ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको कुल जनसंख्याको १.४ प्रतिशत व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार खोप अभियानको पहिलो चरणमा ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन् ।

५ लाख ७ हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ४ लाख २९ हजार ७०५ ले खोप लगाएका हुन् । जसमा सबैभन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत १ लाख ३७ हजार ८ सय ८६ जना कर्मचारी रहेका छन् ।

यस्तै ३२ हजार ८ सय ३८ महिला स्वयंसेविका, ६ हजार ५ सय ५५ सरसफाईकर्मी, ४ हजार २ सय ६० शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पनि खोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालक, वृद्ध आश्रममा रहेका व्यक्तिहरु, कैदिबन्दी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, जिल्ला अदालतका कर्मचारी बैंकका कर्मचारी, सशस्त्र प्रहरी, जनपथ प्रहरीलाई पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएको जनाएको छ ।

यस्तै, सरकारले यही फागुन २३ गतेदेखि पहिलो प्राथमिकताको दोस्रो चरणमा ५५ बर्ष उमेर माथिका जेष्ट नागरिक, प्राध्यापक, शिक्षक कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप लगाउने निर्णय गरेको छ ।

यस्तै पहिलो डोज खोप लगाउदा एलर्जी भएका व्यक्तिलाई दोस्रो डोज खोप नदिइने पनि मन्त्रालयले जनाएको छ ।

दोस्रो डोज खोप बैशाख ७ देखि १५ गते भित्रमा सबैलाई दिईसक्ने र त्यसपछि दोस्रो खोप अभियानमा सामेल भएकाहरुलाई दोस्रो डोज दिने गरी तयारी भएको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

भारतले दिएको १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाल आएसँगै गत माघ १४ गतेबाट खोप अभियान सुरू गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ५९ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार