नेपालमा हालसम्म ४ लाख २९ हजार बढीले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

नेपालमा हालसम्म ४ लाख २९ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको कुल जनसंख्याको १.४ प्रतिशत व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार खोप अभियानको पहिलो चरणमा ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन् ।

५ लाख ७ हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ४ लाख २९ हजार ७०५ ले खोप लगाएका हुन् । जसमा सबैभन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत १ लाख ३७ हजार ८ सय ८६ जना कर्मचारी रहेका छन् ।

यस्तै ३२ हजार ८ सय ३८ महिला स्वयंसेविका, ६ हजार ५ सय ५५ सरसफाईकर्मी, ४ हजार २ सय ६० शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पनि खोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालक, वृद्ध आश्रममा रहेका व्यक्तिहरु, कैदिबन्दी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, जिल्ला अदालतका कर्मचारी बैंकका कर्मचारी, सशस्त्र प्रहरी, जनपथ प्रहरीलाई पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएको जनाएको छ ।

यस्तै, सरकारले यही फागुन २३ गतेदेखि पहिलो प्राथमिकताको दोस्रो चरणमा ५५ बर्ष उमेर माथिका जेष्ट नागरिक, प्राध्यापक, शिक्षक कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप लगाउने निर्णय गरेको छ ।

यस्तै पहिलो डोज खोप लगाउदा एलर्जी भएका व्यक्तिलाई दोस्रो डोज खोप नदिइने पनि मन्त्रालयले जनाएको छ ।

दोस्रो डोज खोप बैशाख ७ देखि १५ गते भित्रमा सबैलाई दिईसक्ने र त्यसपछि दोस्रो खोप अभियानमा सामेल भएकाहरुलाई दोस्रो डोज दिने गरी तयारी भएको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

भारतले दिएको १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाल आएसँगै गत माघ १४ गतेबाट खोप अभियान सुरू गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ५९ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ