सुदूरपश्चिम प्रदेशसभामा सर्वोच्चको फैसलाको स्वागत « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा सर्वोच्चको फैसलाको स्वागत


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यले प्रतिनिधिसभा विघटन बदर भएको घटनाले देशमा उत्पन्न अन्योल अन्त्य भएको भन्दै सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

बैठक प्रारम्भ हुनासाथ समसामयिक विषयमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले संसद् विघटनलाई बदर गरिदिएको घटनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।

उनले भने, “यो घटनाले आगामी दिनमा कार्यपालिका प्रमुखलाई काम गर्दा कानूनी राज्य स्थापना गर्नमा प्रेरित गर्ने छ ।”

प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले संसद् विघटनलाई बदर गरेको सर्वोच्च अदालतको निर्णयलाई काँग्रेसले स्वागत गरेको भन्दै यो घटनाबाट शिक्षा लिएर प्रदेश सरकारले पनि बनेका कानूनको कार्यान्वयन नियम सङ्गत भए नभएको विषयमा गम्भीर हुनुपर्ने बताए ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रस्तुत गर्नुभएको ‘सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको अध्यादेश’लाई बहुमतले स्वीकृत गरेको छ ।

यसअघि ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सदन चलिरहेको बेला अध्यादेश ल्याउन नपाइने भन्दै विरोध जनाएका थिए । जवाफमा सभामुख अर्जुनबहादुर थापाले अर्को ऐनबाट यो अध्यादेशलाई प्रतिस्थापन गरिने बताए । अध्यादेश स्वीकृतिका लागि बैठकमा निर्णायार्थ पेश हुँदा पहिलोपटक प्रतिपक्षी बेञ्चबाट ‘हुन्न’ भन्ने आवाज सुनिएको थियो ।

बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले ‘प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि दफाबार छलफलपश्चात् तयार भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना