पहिलो एक दिवसीयमा भारत विजयी « Khabarhub

पहिलो एक दिवसीयमा भारत विजयी


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डविरुद्धको भारतले पहिलो एकदिवसीयमा विजयी भएको छ ।

पुनेमा मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।

जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

भारतका शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ०५ बजे

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु