गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण : अध्यक्ष कँडेल « Khabarhub

गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण : अध्यक्ष कँडेल


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले गरिवी निवारणमा सहकारी सबैभन्दा बलियो र प्रभावकारी क्षेत्र रहेको बताएका छन् ।

नेपाली सहकारी क्षेत्रले दिगो विकासको लक्ष्य हाँसिल गर्न तथा कुल ग्राहस्थ उत्पादन बृद्धीमा समेत सघाउ पुर्‍याई रहेको उनले बताए ।

झापाको दमक ६ स्थित बेलडाँगी रोडमा बुधबार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई संवोधन गर्दै उनले नेपालको बेरोजगारी नियन्त्रणमा समेत सहकारी अग्रणी रहेको भन्दै युवाहरु स्वरोजगार बनाउन र आयात प्रतिस्थापनमा समेत सहकारी क्षेत्र कृयाशील रहेको धारणा राखे ।

संस्थाका अध्यक्ष रवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा झापा अध्यक्ष गणेश ढकाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, सहकारी संघ झापाका लेखा समिति संयोजक चुडामणि ओझा लगायतले सहकारी क्षेत्र नेपालको आर्थिक सवलीकरण, महिला नेतृत्वको विकास, सामाजिक चेतना अभिवृद्धी लगायतका क्षेत्रमा प्रभावकारी रहेको बताए ।

सोही अवसरमा संस्थाले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

सो सहकारी संस्थाले फागुन मसान्तसम्म कुल कारोवार १ अर्व १३ करोड भन्दा बढी पुरयाँएको जनाएको छ ।

त्यस अवधिमा शेयर पूंजी ९ करोड बढी, बचत निक्षेप करिव ६३ करोड,ऋण ८० करोड बढी गर्न सफल भएको व्यवस्थापक कमल घिमीरे जनाए । हालसम्म शेयर सदस्यको संख्या ५७९६ पुगेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ०१ बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ