कोरोना कहर : सुदूरपश्चिमका अधिकांश जिल्लामा सामूहिक होली खेल्न रोक « Khabarhub

कोरोना कहर : सुदूरपश्चिमका अधिकांश जिल्लामा सामूहिक होली खेल्न रोक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेपछि कैलाली लगायतका जिल्लामा सामूहिक होली रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै जिल्लाभर होलीमा भिडभाड गर्न रोक लगाएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

्विज्ञप्तिमा एक ठाउँमा भेला हुन, जात्रा, पर्व, भिडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउन रोक लगाएको छ । यस वर्ष होली यही चैत १५ र १६ गते परेको छ ।

यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । कैलालीमा भारतसँग सीमा जोडिएकाले नाकामा बाहिरबाट नागरिकको एन्टिजोन विधिमार्फत् परीक्षण गर्न थालिएको छ ।

आदेशको अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विभिन्न गतिविधिमा रोक लगाएको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै गएको र सीमा जिल्ला कञ्चनपुरमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले विभिन्न गतिविधिमा रोक लगाएको हो । पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । दुवै जिल्लाका प्रशासनले सूचना जारी गर्दै फागु पूर्णिमा (होली) मा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

डडेल्धुरामा मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ३० बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा