बलियो नेपाल कप क्रिकेट प्रतियोगिता हुँदै « Khabarhub

बलियो नेपाल कप क्रिकेट प्रतियोगिता हुँदै


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशमा बलियो नेपाल कप प्रतियोगिता हुने भएको छ ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गदै उनीहरुलाई दक्ष खेलाडी बनाउने अवसर सिर्जना गर्नु प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ बर्ष मुनिका खेलाडीहरू बिच अन्तरजिल्ला क्रिकेट प्रतिस्पधा गराइनेछ । १२ वटै जिल्लास्थित क्रिकेट संघमार्फत् खेलाडी छनौट कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

छनौट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गरिनेछ ।यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरष खेलाडिहरुलाई आगामि दिनमा क्रिकेट सम्बन्धि विभिन्न कार्यक्रमहरुमा समावेश गरिनेछ ।

खेलाडी छनौट कार्यक्रम आगामी मार्च २५ देखि २८ सम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा हुनेछ । त्यस्तै प्रतियोगिता आगामी अप्रिल ३ देखि १० सम्म दाङको लमहीमा हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : २४ बजे

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु