अनुहारको छाला सुन्दर र बेदाग बनाउने काइदा « Khabarhub

अनुहारको छाला सुन्दर र बेदाग बनाउने काइदा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बजारमा पाइने कष्मेटिक सामग्रीले कसैको सुन्दरता निर्धारण गर्न सक्दैन । किनभने व्यक्तिको नजर अनुसार सुन्दरताको परिभाषा फरक फरक हुन सक्छ । तर सौन्दर्यता पाउने सबैभन्दा सरल एउटै उपाय भनेको दैनिक केही न केही श्रम गरिरहनु हो ।

अनुहारको छालामा सुन्दरता ल्याउन, चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ बनाउन दैनिक केवल ५ मिनेट समय दिए पुग्छ । साथै केही उपाय मार्फत अनुहारमा कान्ति ल्याउन सकिन्छ ।

१. जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०/१५ मिनेटपछि सफा गरेमा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ र छाला कसिलो, मुलायम एवं चम्किलो हुन्छ ।

२. तुलसीका पात र कागतीको रसको पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गरेमा छालामा भएको दाग एवम् चाउरी समाप्त हुन्छ।

३. अनुहारको छालाको सौन्दर्य वृद्धि गर्न कागतीको रस दिनहुँ चिल्लो छालामा लगाएमा छाला सफा, गोरो एवं बेदाग हुन्छ।

४. छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाएमा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ।

५. कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको दिनहुँ प्रयोग गरे छाला गोरो एवं सफा देखिन्छ।

६. अनुहारको चिल्लो र कालो दाग हटाउन टमाटरलाई लेदो अनुहारमा लगाउने र २० मिनेटपछि सफा गरे छालालाई फाइदा हुनुका साथै दाग हटेर जान्छ ।

७. मुसुरोको दाल पिसेर सुख्खा पाउडर बनाई अनुहार धोए छाला गोरो एवं सफा हुन्छ ।

८. मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम बनाउँछ । लगातार मेवाको लेप लगाउँदा केही महिनामा नै छालाको सबै दाग हराउँछ।

९. काँचो बेसारको मिहिन लेप दूधमा मिसाई पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गरेमा केही दिनमै छालामा निखार आउने र छाला मुलायम र गोरो एवम बेदाग देखिन्छ।

१०. आँखा वरिपरिको कालो घेरा हटाउन कोरेसोमा कोरेको आलुलाई आँखामाथिबाट १५ मिनेटसम्म राखेमा कालो घेरा हटेर जान्छ ।

११. छाला सुख्खा भएमा नियमित राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छाला मुलायम एवम चम्किलो हुन्छ ।

१२. काँक्राको रस अनुहारमा १० मिनेटसम्म राख्ने र चिसो पानीले धोए अनावश्यक चिल्लो हराउनुका साथै छाला कसिलो हुन्छ ।

१३. छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाएमा अनुहारको छाला कसिलो हुने गर्दछ ।

१४. छाला र केश दुवैका लागि दहि अत्यन्त लाभकारी छ। दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ।

१५. छाला चिल्लो छ भने दुई चम्चा दहीमा एक चिम्टि बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाएर सुकेपछि चिसो पानीले अनुहार धोएमा छाला गोरो, बेदाग र चम्किलो देखिन्छ।

१६. सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाएर २० मिनेटपछि सफा गरेमा केही महिनामा नै छालामा चमक आउँछ । साथै छाला चाउरीनबाट जोगिन्छ ।

१७. बेलुका आधा कप दूधमा दुई/तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले अनुहारमा लगाई २० मिनेटपछि सफा गरेमा छाला मुलायम एवम् चम्किलो देखिन्छ र साथै छाला चाउरी पर्नबाट पनि जोगिन्छ।

१८. चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धोएमा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : १५ बजे

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज– जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको