जवाहरलाल नेहरुको एक प्रेरक प्रसङ्ग « Khabarhub

जवाहरलाल नेहरुको एक प्रेरक प्रसङ्ग


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्यस समय जवाहरलाल नेहरु इलाहावाद महानगरपालिका अध्यक्ष थिए । एक दिन उनी कार्यालयमा कागजात अध्ययनमा व्यस्त थिए । त्यसै समय महानगरपालिकाका जलकल विभागका मुखिया अबुल फजल आए र एउटा लामो नामावलीको सूची देखाएर भने— सर, यो त्यस्ता व्यक्तिहरुको नामावली हो जसले महानगरपालिकाको पानीको कर धेरै समयदेखि तिरेका छैनन् । त्यसकारण नियमानुसार तिनीहरुको धाराको कनेक्सन काटिदिनुपर्छ ।

नेहरुले त्यो सूची सरसर्ती पढे । त्यसमा नेहरुको बुवाको नाम पनि लेखिएको थियो । नामावली सूचीको अध्ययनपछि सूची फर्काउँदै भने— यसमा मेरो रायको जरुरत किन पर्‍यो ? नियमले जे भन्छ, त्यही गर्नुस् ।

तर सर, यस सूचीमा त ठुल्ठूला प्रतिष्ठित व्यक्तिहरुको नाम पनि समावेश भएको छ । जस्तै— हाइकोर्टका जर्ज तपाईंको बुवा र अन्य गन्यमान्य व्यक्तिहरु ।

त्यसले के फरक पार्छ र ? नियम सबैका लागि समान हुन्छ । नियमले सानो–ठूलो छुट्याउँदैन । त्यसैले नहिच्किचाइकान कारवाही सुरु गर्नुस् ।

आदेश पाएको भोलिपल्टदेखि नै मुखियाले धाराको कनेक्सन काट्ने कार्य सुरु गरिदिए । धाराको कनेक्शन काट्ने कार्य सुरु भएपछि पानीको शुल्क नतिर्ने व्यक्तिहरु चिन्तित हुन थाले । यस्तै समस्या नेहरुको घरमा पनि हुन थाल्यो ।

नेहरुका बुवाले नेहरुसँग पानी बन्द भएको कारण सोधे । नेहरुले भने— तपाईंले धेरै समयदेखि पानीको शुल्क तिर्नुभएको छैन । अरु पनि धेरै व्यक्तिले पानीको शुल्क नतिरेको हुनाले बाध्य भएर महानगरपालिकाले यो कदम उठाउनु परेको हो ।

नेहरुका बुवाले भने— कमसे कम महानगरपालिकाले सार्वजनिक सूचना त दिनुपर्थ्यो ।

नेहरुले उत्त दिए— बुवा, समयमै पानीको महसुल बुझाउनु जनताको कर्तव्य होइन र ?

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : २० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को