आइपीएलमा पञ्जावको दोस्रो जित « Khabarhub

आइपीएलमा पञ्जावको दोस्रो जित


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल क्रिकेटमा पन्जाब किङ्सले दोस्रो जित निकालेको छ ।

साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जावले दोस्रो जित निकालेको हो ।

शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ ।

चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए । मायांक अग्रवाल २५ रनमा आउट भए । मुम्बईका राहुल चाहरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।

पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए । दीपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ ।

मुम्बईको यो तेस्रो हार हो । मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : २६ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम