लामखुट्टेको टोकाइबाट बच्ने ५ उपाय « Khabarhub

लामखुट्टेको टोकाइबाट बच्ने ५ उपाय


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी ?

१. पानी जम्न नदिने
लामखुट्टे पानि जम्ने भाडा, खाल्डा, नाला वा धेरै लामो समयदेखि पानी राखिएको स्थानमा बस्ने, अण्डा पार्ने र बच्चा हुर्काउनेसम्म गर्दछ । त्यसैले यसलाई निर्मूल पार्न लामखुट्टे हुर्कन नदिनु नै उत्तम उपाय हो । यसकालागि ती स्थानमा पानी जम्न नदिने ।

२. सरसफाई
लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाई सबैभन्दा महत्वपुर्ण हुन्छ ।

३. झ्याल ढोकामा जाली
गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।

४. झुलको प्रयोग
लामखु्ट्टेको टोकाईबाट बच्न सबैले प्रयोग गर्ने विधि भनेको धूपको प्रयोग हो । अझ अहिले बजारमा विद्युतिय धूप झ्यापझ्याप्ती पाइन्छ । तर, यस्ता धूपको रातभर प्रयोग गर्दा श्वास प्रश्वासमा असर पर्ने गर्दछ । अझ दमको रोगीहरुका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग गर्नु नै उपयोगी हुन्छ ।

५. वैकल्पिक उपाय
लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : ३५ बजे

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज– जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको