ब्रम्हाको आँसुले बनेको हो अमला ? « Khabarhub

ब्रम्हाको आँसुले बनेको हो अमला ?


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

औषधीय गुणले भरिपुर्ण अमलाको सेवन शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन वा रोगहरुसँग लड्ने क्षमता बढाउनकालागि राम्रो मानिन्छ । तर तपाईंलाई थाहा छ, अमलाको उत्पती कसरी भयो ?

धार्मीक मान्यता अनुसार अमला केवल सेवनकालागि मात्र नभई पुजनिय समेत छ । यस अलावा अमलाको रुखको समेत विधिविधान अनुसार पूजा समेत हुने गर्दछ । फाल्गुन शुक्ल पक्षको आमलकी एकादशी र कार्तिक शुक्ल पक्षको नवमी तिथिमा अमलाको रुखको पूजा हुने गर्दछ । तर किन अमलालाई पुजा गरिन्छ ? के छ यसको धार्मीक मान्यता ?

अमलाको रुखलाई धातृ वृक्ष पनि भनिन्छ । यसलाई धर्मको आधार पनि मानिन्छ । धार्मीक मान्यता अनुसार यो वृक्ष भगवान विष्णुलाई समेत प्रिय छ । पौराणिक कथा अनुसार सृष्टिको सृजनाको क्रममा सबैभन्दा पहिले अमलाको वृक्ष उत्पन्न भएको थियो । त्यसैले यसलाई आदिरोह वृक्ष पनि भनिन्छ । मान्यता अनुसार जसरी समुन्द्र मन्थनका क्रममा जहाँ जहाँ बिषको घडाबाट थोपा धर्तीमा पर्‍यो त्यहा भांग धतूरो जस्तो बुटी उम्रिए भने अमृत छल्किएर खसेको ठाँउमा अमला र अन्य गुणकारी वृक्षको उत्पती भयो ।

अर्को धार्मीक मान्यता अनुसार ब्रम्हाको आशुंबाट अमला वृक्ष उत्पत्ति भएको हो । पद्म पुराण र स्कन्द पुराणका कथा अनुसार पृथ्वी जलमग्न भएको बेला ब्रम्हाको मनमा सृष्टिलाई पूनः सृजना गर्ने विचार आयो र कमल पुष्पमा बसेर ब्रम्हाले परब्रम्हाको तपस्या गर्न थाले । ब्रम्हाको तपस्याबाट खुशी भएर परब्रम्हा प्रकट भए । यो देखेर ब्रम्हा खुशीले रुन लागे र उनको आँसु खस्यो । जो अमलाको वृक्षको रुपमा उत्पन्न भयो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ३० बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन