ब्रम्हाको आँसुले बनेको हो अमला ? « Khabarhub

ब्रम्हाको आँसुले बनेको हो अमला ?


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

औषधीय गुणले भरिपुर्ण अमलाको सेवन शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन वा रोगहरुसँग लड्ने क्षमता बढाउनकालागि राम्रो मानिन्छ । तर तपाईंलाई थाहा छ, अमलाको उत्पती कसरी भयो ?

धार्मीक मान्यता अनुसार अमला केवल सेवनकालागि मात्र नभई पुजनिय समेत छ । यस अलावा अमलाको रुखको समेत विधिविधान अनुसार पूजा समेत हुने गर्दछ । फाल्गुन शुक्ल पक्षको आमलकी एकादशी र कार्तिक शुक्ल पक्षको नवमी तिथिमा अमलाको रुखको पूजा हुने गर्दछ । तर किन अमलालाई पुजा गरिन्छ ? के छ यसको धार्मीक मान्यता ?

अमलाको रुखलाई धातृ वृक्ष पनि भनिन्छ । यसलाई धर्मको आधार पनि मानिन्छ । धार्मीक मान्यता अनुसार यो वृक्ष भगवान विष्णुलाई समेत प्रिय छ । पौराणिक कथा अनुसार सृष्टिको सृजनाको क्रममा सबैभन्दा पहिले अमलाको वृक्ष उत्पन्न भएको थियो । त्यसैले यसलाई आदिरोह वृक्ष पनि भनिन्छ । मान्यता अनुसार जसरी समुन्द्र मन्थनका क्रममा जहाँ जहाँ बिषको घडाबाट थोपा धर्तीमा पर्‍यो त्यहा भांग धतूरो जस्तो बुटी उम्रिए भने अमृत छल्किएर खसेको ठाँउमा अमला र अन्य गुणकारी वृक्षको उत्पती भयो ।

अर्को धार्मीक मान्यता अनुसार ब्रम्हाको आशुंबाट अमला वृक्ष उत्पत्ति भएको हो । पद्म पुराण र स्कन्द पुराणका कथा अनुसार पृथ्वी जलमग्न भएको बेला ब्रम्हाको मनमा सृष्टिलाई पूनः सृजना गर्ने विचार आयो र कमल पुष्पमा बसेर ब्रम्हाले परब्रम्हाको तपस्या गर्न थाले । ब्रम्हाको तपस्याबाट खुशी भएर परब्रम्हा प्रकट भए । यो देखेर ब्रम्हा खुशीले रुन लागे र उनको आँसु खस्यो । जो अमलाको वृक्षको रुपमा उत्पन्न भयो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ३० बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि