कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन « Khabarhub

कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।

देश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आज बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेका हुन् ।

समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य राम अशिष यादव रहेका छन् ।

त्यसैगरी बैठकले २५ जनाभन्दा बढी सहभागी हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ३४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा