टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान « Khabarhub

टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाएर नयाँ कीर्तिमान बनाएको छ ।

त्रिदेशीय टी–२० प्रतियोगिताअन्तर्गत आज नेदरल्याण्डसँगको खेलमा नेपालले अहिलेसम्मकै ठुलो स्कोर बनाएको हो ।

नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तिन विकेट गुमाउँदै दुई सय २८ रन बनाएको हो ।

आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । उनले जारी सिरिजमा ४ अर्धसतक बनाएर कीर्तिमानी पारी खेले ।

नेपालका लागि अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरीले १८ बलमा पाँच चौका र तीन छक्का हान्दै अविजित ४८ रनको योगदान गरे । आशिफ सेखले १६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।

आजको खेलमा कुशल मल्लले ५० रन बनाउँदै अर्धशतकीय पारी खेले ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४७ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम