प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गरेका छन् ।

नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पतालका रुपमा रहने विश्वास गरिएको छ ।

शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताका लागि सेनाको गौरवपूर्ण योगदानको इतिहास रहेको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए ।

अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा छ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार करिब २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालबाट सात वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउने छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ०१ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने