मिनी बस दुर्घटना हुँदा १५ जना घाइते | Khabarhub Khabarhub

मिनी बस दुर्घटना हुँदा १५ जना घाइते


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्ट नजिक मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको आज से १ ख ६२४ नम्बरको बसले साइड दिने क्रममा नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

बसमा सवार घाइते १५ जनामध्ये ११ को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक र टि एण्ड सि हस्पिटलमा उपचार भइरहेको छ ।

बाँकी चारमध्ये तीन जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ भने एक जनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : १५ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा