मिनी बस दुर्घटना हुँदा १५ जना घाइते « Khabarhub

मिनी बस दुर्घटना हुँदा १५ जना घाइते


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्ट नजिक मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको आज से १ ख ६२४ नम्बरको बसले साइड दिने क्रममा नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

बसमा सवार घाइते १५ जनामध्ये ११ को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक र टि एण्ड सि हस्पिटलमा उपचार भइरहेको छ ।

बाँकी चारमध्ये तीन जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ भने एक जनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : १५ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।