नेपालगञ्जमा मेडिकल टिम पठाइदिन सरकारसँग आग्रह « Khabarhub

नेपालगञ्जमा मेडिकल टिम पठाइदिन सरकारसँग आग्रह


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले नेपालगञ्जमा मेडिकल टिम पठाइदिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लक्षण भएका र अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने कोरोनाका बिरामीको चाप बढ्दो रहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो परेकाले केही समयका लागि केन्द्रबाट चिकित्सकको टोली (मेडिकल टिम) उपलब्ध गराइदिन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको बताए ।

नेपालगञ्जको भेरी र कोहलपुर मेडिकल कलेजमा बेड विस्तार गरेर दुई–दुई सयको बनाउने तयारी भएको छ ।

बेड विस्तार गर्दा चाहिने अक्सिजनसहितको सुविधा, आइसोलेसन सेन्टर स्थापना, आवश्यक जनशक्ति व्यवस्थापनलगायतका लागि संघमा १० करोड र प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरिएको छ। बाँकेका पालिकालाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।

नेपालगञ्ज उपमहानगरलाई ३ लाख, कोहलपुर नगरलाई २ लाख र अरू ६ वटा पालिकालाई एक–एक लाख सहयोग गर्न अनुरोध गरिएको छ ।

यसैबीच, कोहलपुर नगरपालिकाले पनि आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ। कोहलपुरमा पनि दैनिक संक्रमितको संख्या बढ्दो छ । कुनै पनि पालिकाले संक्रमितको संख्या दुई सय नाघेपछि व्यवस्थापनका लागि उचित कदम चाल्न सक्छ ।

कोहलपुरमा बिरामीको संख्या दुई सय नाघिसकेको छ ।

यसैगरी, भेरी अस्पताल, नेपालगञ्जमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगर–१२ की ती महिलाको शनिबार बिहान मृत्यु भएको हो । योसँगै बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : २४ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।